‘थमन महेश स्मृति पत्रकारिता पुरस्कार’बाट भुसाल पुरस्कृत, जनपक्षिय पत्रकारितामा जोड

पाेखरा | चैत ६, २०७९

‘थमन महेश स्मृति पत्रकारिता पुरस्कार’बाट भुसाल पुरस्कृत, जनपक्षिय पत्रकारितामा जोड

पोखरा:    पोखराका कृयाशील पत्रकार विभु भुसाल पुरस्कृत हुनुभएको छ । प्रेस सेन्टर नेपाल कास्कीको वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सेन्टरले सञ्चालन गर्दै आएको ‘थमन महेश स्मृति पत्रकारिता पुस्कार’बाट भुसाल पुरस्कृत हुनुभएको हो । 


जनपक्षिय पत्रकारितामा दुई दशकदेखी क्रियाशील पत्रकार भुसाललाई नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङ,सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा, कास्कीका अध्यक्ष कृष्ण दवाडी लगायतले सो पुरस्कार अर्पण गर्नुभयो । पुरस्कार राशी रु २५ हजार एक रहेको छ ।


सोही अवसरमा पोखराका अग्रज पत्रकारहरु कोमलनाथ बराल, कुशुमकेशव पराजुली, नारायण भट्टराई, विश्वप्रकाश लामिछाने र पदम रेग्मी सम्मानित हुनुभयो । उहाँहरुलाई पत्रकारिता क्षेत्रमा गरेको योगदान स्वरुप सम्मान गरिएको सेन्टरले जनाएको छ ।


साधारणसभाका अवसरमा ‘समृद्धि र जनपक्षिय पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिता जहिलेपनि जनताको पक्षमा र जनताका मुद्धा बोक्नुपर्नेमा जोड दिनुभयो ।


जनपक्षिय पत्रकारिताले जनताका आवाजहरु मुखरित गर्ने भएकाले यसले समाजको सवै क्षेत्र र तहको समृद्धिमा योगदान पुग्ने भनाई सहभागीको छ । पत्रकारिता व्यवस्थित र समाज एवं राष्ट्र प्रति उत्तरदायि हुन सक्दा भष्टाचार नियन्त्रण, सुशासन, सदाचारिता हुने भएकाले यसले समृद्धिमा योगदान पुग्नेमा जोड दिइयो ।


अग्रज पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी कोमलनाथ बरालले पत्रकारिताले राष्ट्रको विकास र समुन्तिमा योगदान दिने भएकाले जनपक्षिय पत्रकारितालाई जीवन्त राख्न सके समृद्धिमा सघाउ पुग्ने बताउनुभयो ।


जनपक्षीय पत्रकारिताको माध्यमबाट समाज रुपान्तरण गर्नु सञ्चारकर्मीहरुको मूल उद्धेश्य हुनुपर्ने बताउँदै उहाँले  समाजवाद उन्मुख शासन व्यवस्थाको आधार तयार गर्न पनि पत्रकारिता आधारभुत जनतासम्म पुग्नुपर्ने बताउनुभयो ।


बरालले भन्नुभयो,“जनपक्षीय पत्रकारिताले समाज परिवर्तनका मुख्य एजेण्डाहरुलाई प्राथमिकताकासाथ उजागर गर्दे आमनागरिकमा चेतना फैलाउनुपर्दछ । हामीले देखेको समाजवाद र समृद्धिको यात्रा जनपक्षिय पत्रकारिताबाट मात्र सम्भव हुन्छ ।”


प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलले पत्रकारिता जनपक्षिय पत्रकारितालेमात्र निमुखा बर्ग र दबिएका र दबाइएका बर्ग र समूदायको आवाज बुलन्द गर्न सक्ने बताउनुभयो । उहाँले प्रेस सेन्टरमा आवद्ध सञ्चारकर्मीहरुले अन्य भन्दा पृथक पहिचान कायम राख्न सक्नुपर्नेमा जोड दिनुभयो । 


कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवाली, महासचिव सन्तोष पौडेल, नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्यद्धय रामजी प्रसाद बराल, दीपक कोइराला, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष एवं पत्रकार महासंघ कास्कीका सहसचिव श्रीराम सिग्देल, पत्रकारहरु अर्जुन काफ्ले, राजेन्द्र  न्यौपाने, दीननाथ बराल, पुष्प दाहाल लगायतले पत्रकारिताले जनताका मुद्धाहरुलाई उठान गर्नुपर्नेमा जोड दिनुभएको थियो । 
 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्